काठमाडौं, चैत १५ । नेसपा (नयाँ शक्ति) ले राजावादीहरूको कथित आन्दोलनका नाममा भएको हिंसात्मक घटनाहरूको कडा विरोध गर्दै सरकारलाई विध्वंसात्मक गतिविधिहरू रोक्न आग्रह गरेको छ । पार्टी प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा जनताको निजी सम्पत्ति, व्यापारिक केन्द्र, राजनीतिक दलका कार्यालय, सञ्चार गृह, यातायातका साधन लगायत सार्वजनिक सम्पत्तिमाथि योजनाबद्धरूपमा आक्रमण भएको जनाइएको छ ।
पार्टीले यस्ता तोडफोड, लुटपाट र आगजनीजस्ता अराजक गतिविधिहरूको घोर भत्र्सना गरेको छ । यस क्रममा मण्डले आततायी तत्वहरूले एक निजी घरमा आगो लगाउँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको छ भने कीर्तिपुर निवासी सविन महार्जनको पनि मृत्यु भएको छ ।
नेपाल समाजवादी पार्टीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टीले राजतन्त्र पुनर्स्थापनाको नाममा भइरहेका यस्ता जघन्य अपराधहरूलाई तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । साथै, लोकतन्त्र विरोधी गतिविधिहरूको सशक्त प्रतिवाद गर्न लोकतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ
।
.gif)




 x 450 (H) Global Pana.jpeg)


