Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ललितपुरमा ३ वटा वडा जोड्ने नख्खु खोला पुलको समुद्घाटन


ग्लोबल पाना
आइतबार, चैत १७ २०८१
  • 496
    SHARES

  • images
    ललितपुरमा ३ वटा वडा जोड्ने नख्खु खोला पुलको समुद्घाटन

    ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ । बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो। उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए।

    images
    images
    images

    उनले नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरु अनवरत रुपमा काम गरिराखेको बताए । उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं ।

    हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा। त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो ।

    त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’ यसैगरी उनले प्रशासकिय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि ललितपुरको विकास पूर्णमय भएको बताए । उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए । उनले भने, ‘प्रशासकीय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि यहाँको विकास चाँही पूर्णमय भएको छ । तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं ।

    अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं, त्यसमा चक्रपथ क्रस गर्नका लागि हामी साधारण मान्छे वारपार गर्न सक्छौं तर अपांगहरुको लागि पनि केही गरौं न भनेर अपांमैत्री पुल बनाएका हौं ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ