Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रेस मञ्च नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न


ग्लोबल पाना
आइतबार, चैत १७ २०८१
  • 345
    SHARES

  • images
    प्रेस मञ्च नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

    वीरगंज, १६ चैत । प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ। पर्सा जिल्ला अधिवेशनको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै जसपाका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको त्याग र बलिदानीको प्राप्त उपलब्धिलाई षडयन्त्रपूर्वक तरिकाले खतम पार्ने उद्देश्यले प्रतिगमनकारी शक्तिहरू लागि परेको भन्नुभयो । उहाँले अभिब्यक्ति स्वतन्त्रताको बिरोधमा आउने कुनै पनि ब्यवस्था जनताले स्विकार नगर्ने बताउनु भयो ।

    images
    images
    images

    पत्रकार हरेक परिवर्तनका सम्बाहक रहेकाले राज्यले पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग समेत गर्नुभयो । मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवले कथित राजावादीहरूको प्रदर्शनमा समाचार सङ्कलन गर्न गएका एभिन्युज टेलिभिजनका क्यामेरा मैन सुरेश रजकको हत्या गरिएको प्रति आक्रोश ब्यक्त गर्दै हत्यारालाई राज्यले तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले जुन ब्यवस्थाले पत्रकारलाई जिउँदो जलाएर मार्ने र सञ्चार संस्थामाथि तोडफोड गर्छ त्यस्ता ब्यवस्था नेपाली जनता नचाहेको बताउनु भयो ।

    उहाँले संगठनको सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासका लागि विषयमा छलफल भएकोे बताइएको छ। मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले संघीय गणतन्त्र लोकतन्त्र र संघियताको रक्षाका लागि सबै संगठन एक भई लाग्नु पर्ने बताउनु भयो । केन्द्रीय सदस्य त्रिलोकीनाथ यादवले दोस्रो जिल्ला अधिवेशनले प्रेस मञ्च नेपाल पर्सा जिल्ला कार्य समितिलाई अझ मजबुत र प्रभावकारी बनाउने बताउँदै समाजमा साकारात्मक परिवर्तनका लागि आवाज उठाउनु पर्ने बताउनु भयो ।

    अधिवेशनको उदघाटन समारोहमा विशिष्ट अतिथिहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र वर्तमान सञ्चार माध्यमको भूमिका वारेमा आफ्ना विचार राखेका थिए। केन्द्रीय सदस्य त्रिलोकीनाथ यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रिय महासचिव एवं मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रेस मञ्चका केन्द्रीय का.वा. अध्यक्ष मनोज यादव, अतिथिमा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, पूर्व संविधान सभा सदस्य आत्माराम प्रसाद साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, मधेश प्रदेश जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    अधिवेशनले रामजी प्रसाद यादवको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ । कार्यक्रमको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ