Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिके राउत र रेशम चौधरीबीच निर्णायक वार्ता, पार्टी एकता अन्तिम चरणमा


ग्लोबल पाना
आइतबार, चैत २४ २०८१
  • 451
    SHARES

  • images
    सिके राउत र रेशम चौधरीबीच निर्णायक वार्ता, पार्टी  एकता अन्तिम चरणमा

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीबीच पार्टी एकता टुंग्याउन निर्णायक छलफल भइरहेको छ। आइतबार बिहान ९ बजे बर्दियामा, रेशम चौधरीको निवासमा दुबै नेताबीच बैठक बसेको हो। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार यो छलफल एकता प्रक्रिया टुंग्याउने दिशामा अत्यन्त महत्वपूर्ण मानिएको छ।

    images
    images
    images

    खानका अनुसार छलफलपछि दुबै पार्टीका तर्फबाट तीन–तीन जना नेताहरू सम्मिलित कार्यदलले एकतासम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिनेछ। हाल पार्टीको नाममा छलफल भइरहेको छ। “हामी ‘जनमत पार्टी’ नामलाई निरन्तरता दिन चाहन्छौं भने नाउपाका साथीहरूले ‘नागरिक जनमत पार्टी’ नाम प्रस्ताव गरेका छन्,” उपाध्यक्ष खानले बताएका छन्। चुनावी चिन्हको विषयमा भने पहिल्यै सहमति जुटिसकेको छ।

    दुबै पक्षले नाउपाको चिन्ह ‘ढकिया’लाई नै एकीकृत पार्टीको चिन्ह बनाउने समझदारी गरेका छन्। संगठनात्मक संरचनाको कुरा गर्दा, सिके राउत एकीकृत पार्टीका अध्यक्ष हुने सहमति भइसकेको छ भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सह–अध्यक्ष बन्ने प्रस्ताव गरिएको छ। चौधरीले संरक्षकको भूमिका लिनेछन्।

    जनमत पार्टी संघीय संसदमा तुलनात्मक रूपमा ठूलो दल भएको र तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बनेको हुँदा राउतलाई नेतृत्व दिने विषयमा सहमति जुटेको हो। दुवै पार्टीले विचार मिल्ने अन्य दलहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। हालै नागरिक उन्मुक्तिको केन्द्रीय बैठकमा नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईको उपस्थिति र बाबुराम भट्टराईसँग भएको संवाद त्यसको संकेत हो।

    जनमत र नाउपाबीच एकता भएमा प्रतिनिधि सभामा दुबै मिलाएर १० सांसद पुग्नेछन्, जुन सङ्ख्याले नेकपा (एकीकृत समाजवादी) सरहको उपस्थिति हुनेछ। प्रदेश तहमा हेर्दा, मधेसमा जनमतका १३ र नाउपाका १ सांसद छन्। सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् भने लुम्बिनीमा जनमतका ३ र नाउपाका ४ जना छन्।

    वैशाख ३ गते नाउपाले टीकापुरमा आयोजना गर्न लागेको केन्द्रीय समिति बैठकमा कार्यदलले तयार पारेको एकता प्रस्ताव पारित गर्ने तयारी छ। यद्यपि, सम्भवतः त्यसअघि नै एकतालाई औपचारिक रूप दिइने बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ