Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनु पर्ने : परराष्ट्रमन्त्री राणा


ग्लोबल पाना
बिहीबार , चैत २८ २०८१
  • 268
    SHARES

  • images
    तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनु पर्ने : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राख्नु भयो ।

    images
    images
    images

    निजी क्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नु भयो । ‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो, ‘निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।

    त्यसैले सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ । अब निजी क्षेत्रले पनि विना हिच्किचाहट लगानी बढाउनुपर्छ। निजी क्षेत्रले नै अर्थतन्त्रलाई ड्राइभ गर्ने हो ।’ परराष्ट्रमन्त्री राणाले भन्नु भयो । उहाँले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताउनु भयो ।

    यस्तै मन्त्री राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भएपनि निरुत्साहित नहुन निजी क्षेत्रलाई आग्रह गर्नु भयो । सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्नेमा समेत मन्त्री राणाको जोड थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ