नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, संचारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा विद्यमान विविध जटिल विषयहरूबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा र सुझावहरू राख्नुभएको थियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागीहरूद्वारा प्रस्तुत गरिएका प्रश्नहरू लाई सम्बोधन गर्नुभयो। अध्यक्ष प्रचण्डले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई–मधेश क्षेत्रको योगदानबारे चर्चा गर्नुहुँदै हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनका क्रममा पत्रकारहरूलाई जिउँदै जलाउने प्रयास, उद्योग व्यवसायमाथि आगजनी तथा तोडफोडजस्ता आपराधिक कार्यहरूले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको स्पष्ट गर्नुभयो।
यस्ता अराजक गतिविधिहरूले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्याउने हुँदा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई त्यसको प्रतिवाद गर्नुपर्ने उहाँको धारणा थियो। सहभागीहरूले बैंकिङ क्षेत्रको ब्याजदरसम्बन्धी अस्थिरताले व्यवसायमा परेको प्रतिकूल असरबारे अवगत गराउँदै व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
साथै, हाल देशभर जारी शिक्षक आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधान गरी बालबालिकालाई पठनपाठनमा फर्काउने वातावरण निर्माणको माग राखिएको अध्यक्ष प्रचण्ड ले शिक्षक का माग पुरा गर्न आफु प्रधानमन्त्री हुँदा सदन मा बिधये क दर्ता गरेको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्षले हुलाकी मार्गजस्ता आधारभूत पूर्वाधार योजनाहरूले जनतामा आशा र भरोसा पुनःस्थापित गरेको चर्चा गर्दै, पार्टीको अभियान उपदेशमूलक नभई जनताको वास्तविक पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूति लिनेतर्फ लक्षित भएको स्पष्ट गर्नुभयो।
उहाँले विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिँदै, राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको विचार राख्नुभयो।
सहभागीले माओवादी केन्द्रको पार्टी नेतृत्व र आम नागरिकबीच यस्तो प्रत्यक्ष संवादले पारस्परिक विश्वास र सहकार्यको वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


