Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दुई चार जनाले मेरोविरुद्ध नारा लगाए, मलाई कुनै दुःख छैनः योगेश भट्टराई


ग्लोबल पाना
आइतबार, वैशाख ७ २०८२
  • 376
    SHARES

  • images
    दुई चार जनाले मेरोविरुद्ध नारा लगाए, मलाई कुनै दुःख छैनः योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो विरुद्धमा दुई/चार जनाले नारामात्रे लगाएको बताएका छन् । कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किने क्रममा केही प्रायोजित मान्छेहरुले आफ्नो विरुद्धमा नारा लगाएको भट्टराईले बताएका छन् ।

    images
    images
    images

    आफूविरुद्ध लागेको नारालाई उनले नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग भनेका छन् । आफूलाई त्यसबाट कुनै दुःख नलागेको नेता भट्टराईले प्रष्ट पारेका छन् । ‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङ जिल्लाको लेलेपमा हिजोदेखी शुरु भएको कञ्चनजङ्घा महोत्सव बैशाख ७ गते समापन हुनेछ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा बिशेष गरी लिम्बु, राई, शेर्पा जातिको सांस्कृतिक झांकी तथा आकर्षक नाचर गान सहित हिजो उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न भयो । कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा बिरुद्ध नारा लगाएछन ।

    नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो ।

    मेरो आग्रह बिबेकले काम गरौं। प्रायोजकहरूको हतियार नबनौ । सामाजिक एकता र सदभाव नबिगारौ । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंड,’– उनले भनेका छन्‌

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ