Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

समानुपातिक सांसद बन्दिनँ, चितवनबाटै चुनाव लड्ने होः रेनु दाहाल


ग्लोबल पाना
आइतबार, वैशाख ७ २०८२
  • 638
    SHARES

  • images
    समानुपातिक सांसद बन्दिनँ, चितवनबाटै चुनाव लड्ने होः रेनु दाहाल

    चितवन । भरतपुर महानरपालिका प्रमुख रेनु दाहालले समानुपातिक अथवा मनोनित भएर सांसद नबन्ने उद्घोष गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष चुनाव लडेरै सांसद बन्ने बताएकी हुन् । उनले आफू चितवनबाटै चुनाव लड्ने, तर क्षेत्र नं २ र ३ मा कुन रोज्ने भन्ने टुङ्गो लागिनसकेको बताएईन् ।

    images
    images
    images

    मेयर दाहालले आफूले घरमै बसीबसी चुनाव जित्नेगरी जनताको पक्षमा काम गरेको दाबी गरिन् । ‘क्षेत्र नं. ३ हुन्छ कि २ हुन्छ थाहा छैन । समानुपातिकबाट, मनोनित भएर नजाने, प्रत्यक्ष उठ्ने । हिजोको दिनमा केही नहुँदाखेरी त काठमाडौं जस्तो ठाउँमा चुनाव लडेको हो । यहाँ त काम पनि गरेको छ ।

    जनताले काम गरेको आधारमा मूल्याङ्कन गर्ने हो भने घर बसीबसी चुनाव जित्नुपर्छ होला सायद । सही ढंगले मूल्याङ्कन गर्ने र मलाई न्याय गर्दिने हो भनेदेखि,’– उनले भनिन् । साथै, फरक प्रसंगमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीमा आफ्नो दाबी नरहेको बताईन् ।

    पार्टीमा प्रचण्डको उत्तराधिकारी सयौंको रुपमा जन्मिइसकेको र आफू सबैभन्दा कान्छो रहेको पनि उनले बताईन् । ‘सयौं हुनुहुन्छ उत्तराधिकारी । म कान्छो मान्छे, उत्तराधिकारीको रुपमा आफूले आफैंलाई सोचेको पनि छैन । त्यसमा ध्यान पनि छैन । मभन्दा सिनियर लिडर धेरै हुनु्हुन्छ,’– उनले भनिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ