Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लोकार्पणमै बहुरूपीको बहुरूप


ग्लोबल पाना
बुधबार, वैशाख १० २०८२
  • 350
    SHARES

  • images
    लोकार्पणमै बहुरूपीको बहुरूप

    काठमाडौं । युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथा सङ्ग्रह 'बहुरुपी' लोकार्पणमा नयाँ प्रयोगसहित सार्वजनिक भएको छ । शनिबार राजधानीका सात स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो ।

    images
    images
    images

    काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले बहुरूपी खरिद गरेका थिए ।

    सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार-प्रसार भएको देख्दा खुशी लागेको स्टलमा पुगेका पाठकहरूले बताए । श्रेयज सुवेदीका कथा पढेर प्रभावित भई स्टलमा पुगेकी एक पाठक अंशुले भनिन्, "लेखनमा सधैं नयाँ प्रयोग गर्न रुचाउने श्रेयजको किताब पनि नयाँ तरिकाले भयो, पुस्तकलाई हजारौँ पाठकले माया गरून् ।"

    पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का । उनी भन्छन्, "कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्‍याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।"

    सधैं शान्त बस्न रुचाउने श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, "मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरुवात भएको छ ।" कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् ।

    ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन् । युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा श्रेयजले प्रस्तुत गरेका छन् । बुकहिलले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रुपैयाँ रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ