Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षक आन्दोलनप्रति संवेदनशील हुन माओवादी केन्द्रको सरकारलाई आग्रह


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 379
    SHARES

  • images
    शिक्षक आन्दोलनप्रति संवेदनशील हुन माओवादी केन्द्रको सरकारलाई आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शिक्षकहरूको आन्दोलनप्रति गम्भीर चासो व्यक्त गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ।

    images
    images
    images

    बिहीबार बिहान बसेको संसदीय दलको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले शिक्षकहरूको मागप्रति गैरजिम्मेवार व्यवहार देखाएको भन्दै समस्या समाधानका लागि पार्टीले आफ्नै तर्फबाट पहल थाल्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार विद्यालय शिक्षा विधेयकमाथि संसद्मा उपसमिति बनाएर छलफल चलिरहेको समयमा शिक्षकहरू आन्दोलनमा उत्रिनु दुःखद भएको भन्दै विधेयक छिटो पारित गर्ने वातावरण बनाउने र शिक्षकहरूको समस्या समाधान गर्ने निर्णय गरिएको हो।

    प्रमुख प्रतिपक्षीको हैसियतले अन्य विपक्षी दलहरूसँग छलफल गरी मिलेर समाधान खोज्ने तयारीसमेत गरिएको छ। बैठकमा संसद्मा अन्तिम चरणमा पुगेका निजामती सेवा, प्रहरी, सशस्त्र प्रहरी र नागरिकता सम्बन्धी विधेयकहरूलाई छिटो अघि बढाउने र संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने निर्णय पनि भएको छ। भोलिदेखि सुरू हुने संसद्को बजेट अधिवेशनलाई लक्षित गर्दै बैठकले नीति तथा कार्यक्रम, प्रि–बजेट र बजेट सन्दर्भमा विगतदेखि तय गरिएका योजनाहरूलाई जनताको पक्षमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश जागरण अभियानपछि जनताबाट आएको सकारात्मक प्रतिक्रिया पार्टीका लागि उत्साहजनक रहेको बताएका थिए। साथै, सांसदहरूलाई जनताको आवाजलाई सदनमा प्रभावकारी रूपमा उठाउन निर्देशनसमेत दिएका छन्। प्रमुख सचेतक पाण्डेका अनुसार माओवादी केन्द्रले सडक, संसद् र आफूले जितेका १२३ वटा स्थानीय तहमार्फत सरकारमाथि दबाब सृजना गर्ने तयारी गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ