Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको होइन, निजी क्षेत्रलाई दिनुपर्छः सभापति देउवा


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 576
    SHARES

  • images
    उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको होइन, निजी क्षेत्रलाई दिनुपर्छः सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग खोल्ने, व्यापार गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । आज (सोमबार) पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उद्योग खोल्ने, व्यापार गर्ने काम निजी क्षेत्रलाई दिइनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    सभापति देउवाले पार्टीको स्पष्ट नीति नै त्यही रहेको बताए । ‘व्यापारीले व्यापार गर्ने, उद्योगपतिले उद्योग खोल्ने, सरकारले व्यापार, उद्योग गर्ने होईन । निजी क्षेत्रलाई नै दिनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ– आर्थिक वर्ष २०८२/०८२ को बजेटले निजी क्षेत्रले उठाएको सवाललाई सम्बोधन गर्ने छ । आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने छ भन्ने विश्वास लिएको छु,’– उनले भने ।

    सभापति देउवाले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै महत्वपूर्ण योगदान दिँदै आएको बताए । कांग्रेस सधैं निजी क्षेत्रको समस्या सुन्ने र त्यसलाई समाधान गर्नेतर्फ अग्रसर रहेको सभापति देउवाले विश्वास दिलाए । उनले निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे । 'यस कार्यक्रममार्फत निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न पनि अनुरोध गर्दछु', उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ