Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रज्ञा प्रतिष्ठानमा नयाँ वर्ष विशेष पुस्तक प्रदर्शनी


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 670
    SHARES

  • images
    प्रज्ञा प्रतिष्ठानमा नयाँ वर्ष विशेष पुस्तक प्रदर्शनी

    काठमाडौं । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी जारी छ। २ गतेदेखि सुरु भएको प्रदर्शनी १८ गतेसम्म चल्नेछ। प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, समाजशास्त्र, संस्कृति, धर्मदर्शन सम्बन्धी विविध पुस्तकहरु उपलब्ध छन् ।

    images
    images
    images

    विद्यार्थीहरूका लागि बाल साहित्यका पुस्तकहरु पनि सजिलै पाउन सकिन्छ। चाणक्यको कौटिल्य अर्थशास्त्र लगायतका चर्चित कृति विशेष आकर्षण बनेका छन्। साथै, सोध अनुसन्धानमूलक पुस्तकहरु पनि समावेश गरिएको छ। पुस्तक तथा पत्रिकामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । विशेषगरी शब्दकोश खरिदकर्ताले १ वटा लिएमा २०% र २ वा बढी लिएमा २५% छुट पाउने छन्।

    पुस्तक प्रदर्शनी व्यवस्थापक सबिना ज्ञवालीका अनुसार अहिलेसम्म ४ लाख रुपैयाँ बराबरका पुस्तकहरू वितरण भइसकेका छन् । ज्ञवालीले भन्नुभयो, “जन्मदेखि मृत्युसम्मका विविध विधाका पुस्तकहरू, मातृ भाषाका पुस्तकहरु सजिलै पाईन्छ । पुस्तकप्रेमीहरूका लागि यो सुनौलो अवसर रहेको ज्ञवालीले बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ