बर्दिया, वैशाख १५ । सति घाट आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले राजापुर नगरपालिका तर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ ।
जनतासँग माओवादी तराई मधेस जनजागर अभियानको क्रममा बर्दिया को कार्यक्रम सकेर सुदुरपश्चिम प्रवेश गर्ने क्रममा अध्यक्ष प्रचण्ड र टोलीलाई राजापुर तर्फको क्षेत्रमा राजापुर पार्टीको आयोजनामा पर्यटकीय सम्भावनालाई उजागर गर्न र स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले र्याफ्टिङ गराइएको हो ।
र्याफ्टिङअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष प्रचण्डले कर्णाली नदी र सति घाट क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले भने, “सति घाटको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गरेर यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सकिन्छ।”
.gif)




 x 450 (H) Global Pana.jpeg)


