Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्दै


ग्लोबल पाना
मंगलबार, वैशाख १६ २०८२
  • 357
    SHARES

  • images
    अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्दै

    कैलाली, वैशाख १६ । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ ।

    images
    images
    images

    खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो । भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ ।

    यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो। स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ