भीमदत्तनगर, कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको ‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको सफल समापनपछि समापन समारोह कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको छ।
अभियानको अन्तिम दिनसम्म आइपुग्दा माओवादी केन्द्रको टोलीले कञ्चनपुरका विभिन्न स्थानहरूमा सहिद, बेपत्ता, अपाङ्ग तथा पीडित परिवारसँग भेटघाट गर्दै जनताका मुद्दा, अधिकार र विकासका विषयमा संवाद गरेको थियो।
समापन समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको सहभागिता रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


