Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, अध्यक्ष प्रचण्डद्वारा स्वागत


ग्लोबल पाना
शनिबार, वैशाख २० २०८२
  • 446
    SHARES

  • images
    माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, अध्यक्ष प्रचण्डद्वारा स्वागत

    काठमाडौं, बैशाख २० । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्कनु भएका नेताहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ। काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्। अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो।

    images
    images
    images

    “ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। यो सुरुआत हो,” प्रचण्डले भन्नुभयो। उहाँले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गर्नुभयो। “तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,” भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

    अध्यक्ष प्रचण्डले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै, अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउंदै, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन। अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ।”

    प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै, अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। “ पार्टी एकता र धुर्विकरणको वातावरण बनाउन, आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुबिचारित भूमिका खेलेको थिए,” उहाँले भन्नुभयो। कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले पुनर्मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ