Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोरखामा प्रचण्डको विकास असफल भएको कांग्रेस नेता सत्तारको आरोप


ग्लोबल पाना
मंगलबार, वैशाख २३ २०८२
  • 490
    SHARES

  • images
    गोरखामा प्रचण्डको विकास असफल भएको कांग्रेस नेता सत्तारको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोरखामा विकास नगरेको आरोप लगाउनु भएकाे छ ।

    images
    images
    images

    शुक्रवार गोरखा जिल्लाको आजरीकोट गाउँपालिका–२, खरीबोटमा कांग्रेसद्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा वनभोज कार्यक्रममा बोल्दै सत्तारले प्रचण्डको नेतृत्वमा चलेको सरकारले गोरखाका लागि ठोस काम गर्न नसकेको दाबी गर्नुभयाे ।

    उहाँले भन्नुभयाे, “जनताको आवश्यकता सम्बोधन गर्न दलहरूले आँट गर्नुपर्छ, लोकतन्त्रविरोधी बन्ने छुट कसैलाई छैन ।” सत्तारले कांग्रेस र माओवादी केन्द्रबीचको अघिल्लो गठबन्धन सरकारले सन्तोषजनक काम गर्न नसकेको बताउनु भयाे ।

    त्यस्तै, हालको कांग्रेस–एमाले गठबन्धन सरकारले पनि विकासलाई तीव्रता दिन नसकेको टिप्पणी गर्नुभयाे । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरूले चुनावमा जनतालाई दिएको आश्वासन पूरा गर्नुपर्नेमा उनले जोड दिनुभयाे ।

    साथै, अन्य पार्टीहरूसँग पराजित भएका कांग्रेस कार्यकर्ताहरूलाई थप संघर्ष गर्दै आगामी निर्वाचनका लागि तयारीमा जुट्न सुझाव दिनु भयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ