Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पदाधिकारी बैठक सम्पन्न, वैकल्पिक राजनीतिमा सशक्त अगाडि बढ्ने रणनीति तय


ग्लोबल पाना
बुधबार, वैशाख ३१ २०८२
  • 486
    SHARES

  • images
    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पदाधिकारी बैठक सम्पन्न, वैकल्पिक राजनीतिमा सशक्त अगाडि बढ्ने रणनीति तय

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पदाधिकारी बैठक आज पार्टी केन्द्रीय कार्यालय, तीनकुनेमा सम्पन्न भएको छ । अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक राजनीतिको सशक्त मार्गचित्र अघि बढाउने रणनीति तय गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

    images
    images
    images

    बैठकको प्रारम्भमा महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि पदाधिकारीहरूले आ–आफ्ना जिम्मेवारी र संगठनात्मक गतिविधिका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । बैठकले पार्टी अध्यक्ष डा. भट्टराईको हालैको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित प्रभावशाली कूटनीतिक र राजनीतिक संवादका रूपमा मूल्याङ्कन गरेको छ ।

    भ्रमणका क्रममा भारतीय शीर्ष नेतृत्व, कूटनीतिक निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग भएका छलफलहरूले नेपाल–भारत सम्बन्धमा सकारात्मक ऊर्जा थपिएको बैठकको ठहर छ । वैकल्पिक राजनीतिको जनसमर्थन बढ्दो क्रममा रहेको भन्दै, बैठकले “प्रशंसा अभियान” लाई तीव्र पार्दै संगठन विस्तार, प्रशिक्षण र सामाजिक परिचालनलाई देशव्यापी स्तरमा सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ ।

    यसैगरी, पार्टीको स्थापना दिवस आगामी जेठ ३० गते राजधानी काठमाडौँमा भव्य रूपमा मनाइने भएको छ । स्थापना दिवसको अवसरमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरजस्ता रचनात्मक कार्यक्रमहरू देशभर सञ्चालन गरिनेछन् । विचार मिल्ने अग्रगामी राजनीतिक शक्तिसँग सहकार्य विस्तार गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जी. एस. गुरुङ सदस्य रहेका छन् ।

    बैठकको समापनमा अध्यक्ष डा. भट्टराईले, “देश ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्नेछ । हामी नयाँ विचार र दृष्टिकोणसहित जनतामाझ पुग्नेछौं,” भन्दै सबै पदाधिकारीलाई सक्रिय सहभागिताको लागि आह्वान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ