Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम


ग्लोबल पाना
शुक्रबार, जेठ २ २०८२
  • 492
    SHARES

  • images
    संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

    काठमाडौं। राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ। शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए। साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए।

    images
    images
    images

    उनले भने, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ। यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।’

    त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए। सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो।

    मन्त्री लेखकले भने,‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ। जहाँ गृहमन्त्री लेखकले भनेका छन्। ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं।’

    बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ