Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

क्रिस्टलको माला बनाउने तालिम समापन, महिलाहरूलाई आत्मनिर्भर बनाउने टाेखा ३ काे लक्ष्य


ग्लोबल पाना
शुक्रबार, जेठ २ २०८२
  • 1,008
    SHARES

  • images
    क्रिस्टलको माला बनाउने तालिम समापन, महिलाहरूलाई आत्मनिर्भर बनाउने टाेखा ३ काे लक्ष्य

    टोखा, काठमाडौं । टोखा नगरपालिका–३ नं. वडाको आयोजनामा सञ्चालित क्रिस्टलको मालाठ बनाउने तालिम शुक्रबार एक विशेष समापन समारोहका साथ सम्पन्न भएकाे छ ।

    images
    images
    images

    वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो सीप प्रस्तुत गर्दै भविष्यमा स्वरोजगारमा लाग्ने अठोट व्यक्त गर्नु भएकाे थियाे । तालिमको नेतृत्व राष्ट्रपति पुरस्कार प्राप्त प्रशिक्षक कमला सुवेदीले गर्नुभएको थियो । विदेशमा सिकेको सीपलाई नेपाली महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उहाँले यस्ता तालिमहरु सञ्चालन गर्दै आउनु भएको थुप्रै उदाहरण छन् ।

    समापन कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डंगोलले तालिमको सफलताप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, "महिला सशक्तिकरणका लागि सीपमूलक तालिम आवश्यक छन् । हामीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं । स्थानीयस्तरमै आत्मनिर्भरता बढाउने हाम्रो प्राथमिकता हो ।"

    वडा सचिव सानु श्रेष्ठले वडाले स्थानीय महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरेको यो तालिमले उहाँहरूमा आत्मविश्वास र आर्थिक अवसरको विकासमा टेवा पुग्ने अपेक्षा गरिएकाे बताउनु भयाे ।

    त्यस्तै वडा सदस्य शान्ता राईले घरमै बसेर महिलाहरूले आम्दानी गर्न सक्ने खालको सीप सिक्नु ठूलो उपलब्धि हो। आगामी दिनमा अझ व्यापक सहभागिता हुने विश्वास लिएको बताउनु भयाे ।

    मैले विदेशमा सिकेको सीप नेपाली दिदीबहिनीहरूसँग बाँड्न पाउँदा गर्व लागेको छ । आत्मनिर्भर महिला नै समृद्ध समाजको आधार हो भन्ने सोचले निरन्तर यस्ता तालिम दिँदै आएकाे प्रशिक्षक सुवेदी बताउनु हुन्छ ।

    कार्यक्रममा सहभागी महिलाहरूले तालिम उपयोगी भएको अनुभव सुनाउँदै सिकेका सामग्रीहरूको प्रदर्शनीसमेत गरेका थिए । उनीहरूले घरमै बसेर व्यवसाय सञ्चालन गर्न सक्ने आत्मविश्वास प्राप्त भएको भन्दे खुसि व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ