Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टोखामा विष्णुमती सरसफाई अभियानले ५१ हप्ता पार गर्दा वडा सदस्य अनुप राईको योगदान प्रशंसनीय


ग्लोबल पाना
शनिबार, जेठ ३ २०८२
  • 616
    SHARES

  • images
    टोखामा विष्णुमती सरसफाई अभियानले ५१ हप्ता पार गर्दा वडा सदस्य अनुप राईको योगदान प्रशंसनीय

    टोखा, जेठ ३ । "स्वच्छ वातावरण, स्वस्थ जीवन" भन्ने नारालाई आत्मसात् गर्दै विष्णुमती नदी सरसफाई अभियान अन्तर्गत ५१औं हप्ताको कार्यक्रम टोखा नगरपालिका–९, नयाँ बसपार्क पुलदेखि करिब ५०० मिटर उत्तरतर्फको विष्णुमती करिडोर क्षेत्रमा सम्पन्न भयो ।

    images
    images
    images

    उक्त अभियानमा टोखा नगरपालिकाका प्रशासकीय प्रमुख, वडा नं. ९ का वडा अध्यक्ष, टाेखा नगर प्रहरी, भूपू प्रहरी संघका प्रतिनिधिहरू, विद्यार्थीहरु, समाजसेवी, पत्रकार, युवा तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियो। सहभागिहरू बिहान सबेरै भेला भई नदी सफा गर्ने कार्यमा जुटेका थिए ।

    कार्यक्रमको समापन टोखा नगरपालिका वडा नं. ८ का वडा सदस्य अनुप राईले गर्नुभयो । उहाँले कार्यक्रमका क्रममा आफैं पसी सरसफाई गर्नुका साथै अन्य सहभागीहरूलाई पनि वातावरण संरक्षणमा जुट्न प्रेरणा दिनुभयो । सदस्य राई विगतदेखि नै विष्णुमती सरसफाई अभियानमा सक्रिय रहँदै आउनु भएको छ । "खोलालाई सरसफा राख्नु भनेको हाम्रो जीवनशैली सुधार गर्नु हो," उहाँले भन्नुभयो, "हामी केवल नदी सफा गरिरहेका छैनौं, हामी हाम्रो चेतना र संस्कार पनि निर्मल बनाउँदैछौं।" राईले स्थानीय निकाय, सुरक्षा निकाय, सामाजिक संघसंस्थाहरू तथा आम नागरिकहरूबीच सहकार्य र समन्वयको माध्यमबाट अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

    टोखा नगरपालिकाले सरसफाई अभियानलाई दिगो रुपमा अगाडि बढाउन स्थानिय तहको सक्रिय सहभागितामा जोड दिदै नदी सफा राख्न र वातावरण संरक्षण गर्न व्यक्तिगत तथा सामूहिक जिम्मेवारी आवश्यक रहेको सन्देशसहित ५१औं हप्ताको अभियान सम्पन्न गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ