चितवन, जेठ ३ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल भरतपुर–४ चितवनको आयोजनामा भरतपुर ४ धर्मचोक लंकुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६ जना महिला र ६५ जना पुरुष गरी जम्मा ७१ जनाले रक्तदान गरेका छन्। तीमध्ये २४ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता थिए । कार्यक्रम वाईसीएल भरतपुर–४ का अध्यक्ष सन्दीप खरालको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटी अध्यक्ष ईश्वर सापकोटा (सुमन) रहनुभएको थियो ।
विशिष्ट अतिथिका रूपमा नेकपा माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल (अविनास), वाईसीएल भरतपुर–४ का संयोजक दुर्लभ शाही ठकुरी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य ईश्वर रेग्मी, वडा नं. ४ का वडा अध्यक्ष अर्पण पोखरेल, नेकपा माओवादी केन्द्र भरतपुर–४ अध्यक्ष नरिनारायण कडेल, र वाईसीएल भरतपुर–४ का इन्चार्ज आकाश गुरुङ अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । माननीय सापकोटा र दाहालले रक्तदाताहरुलाई रक्तसंग्रह ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वेभ ग्रुपका भोज नारायण कडेल, नेपाल रेडक्रस सोसाइटी लंकु धर्मचोकका प्रतिनिधि, राधाकृष्ण महिला समूहका प्रतिनिधिहरू, समाजका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, आमासमूहका पदाधिकारी तथा जनवर्गीय संगठनका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति सन्दीप खरालले स्वागत मन्तव्य दिँदै रक्तदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभयो ।
संयोजक दुर्लभ शाहीले वाईसीएल युवाहरु सामाजिक सेवामा सक्रिय रहेको बताउँदै समाजका विकृति–विसङ्गतिहरूविरुद्ध खबरदारी गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष अर्पण पोखरेलले शुभकामना व्यक्त गर्दै वाईसीएल नेपालले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले यस्ता सकारात्मक कार्यमा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन समेत दिनुभयो ।
अन्त्यमा कार्यक्रमका इन्चार्ज आकाश गुरुङले रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रम सञ्चालन नेकपा माओवादी केन्द्र भरतपुर–४ का उपाध्यक्ष टिकाराम सापकोटाले गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


