Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वैचारिक रुपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमि भट्टराई


ग्लोबल पाना
आइतबार, जेठ ११ २०८२
  • 393
    SHARES

  • images
    वैचारिक रुपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमि भट्टराई

    काठमाडौं । नेसपा नयाँशक्तिको गोकर्णेश्वर पालिकाको अधिवेशनमा बोल्दै नेसपा (नयाँ शक्ति) केन्द्रिय उपाध्यक्ष मानुषी यमी भट्टराईले आफ्नो पार्टीलाई बिचार सहितको लोकप्रिय पार्टी बनाउन सबैको साथ आवश्यक रहेको बताइन् ।

    images
    images
    images

    विकास र समृद्धिका कुरा ठुला गर्ने काम गर्दै नगर्ने र बिचार शून्यहरुको जमातले देश नबन्ने भन्दै उनले साच्चिकै जनताको लागि काम गर्ने हो भने बैकल्पिक शक्तिको झन् बढी आवश्यकता रहेको बताइन् । उनले बैकल्पिक भन्नेहरूले पनि अरु सबै बेठीक हामी मात्रै ठिक भनेर मात्रै नहुने र त्यसका लागि बिचार सहितको संगठन आवश्यक हुनेमा जोड दिइन् । उनले अबको राजनीतिमा होहल्ला गर्नेलाई भन्दा परिणाममुखी काम गर्नेलाई जनताले पत्याउने पनि बताइन् ।

    ‘काङ्ग्रेस,एमाले र माओवादीको बिरोध हामीले होइन अब उनीहरुकै पार्टीमा बर्षौ दु:ख गरेकाहरुले गर्न थालिसके’,-मानुषीले भनिन् -‘यस्तै काम गर्दै गए कांग्रेस एमाले र माओवादीलाई जनताले पनि अब पत्याउने छैनन् ।

    राजनीतिको चुरो कुरो भनेकै बैचारिक रुपमा स्पष्ट र राम्रो पार्टी बनाउनु अहिलेको आवश्यकता भएको भन्दै उनले सिद्धान्त र बिचारले मात्रै पनि जनताले उठाएका प्रश्नको जवाफ दिन नसकिने र त्यसका लागि गर्व गर्न लायक संगठन सहित जनतासँग प्रत्येक्ष जोडिन आवश्यक भएको बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ