Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गुलरियाका विभिन्न टोलमा जनमत पार्टीको व्यापक जनसम्पर्क अभियान सम्पन्न


ग्लोबल पाना
सोमबार, जेठ १९ २०८२
  • 921
    SHARES

  • images
    गुलरियाका विभिन्न टोलमा जनमत पार्टीको व्यापक जनसम्पर्क अभियान सम्पन्न

    गुलरिया, बर्दिया । मिति २०८२ जेष्ठ १९ गते, जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहल तथा सहकार्यमा गुलरिया नगरपालिकाका विभिन्न वडाहरूमा व्यापक जनसम्पर्क, भेटघाट, छलफल तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रम अन्तर्गत वडा नं. ११ का जोशीपुर, गोरखचौरा, जिगिरिया, गणेशपुर चोक, गणेशपुर गाउँ तथा वडा नं. १२ का सुर्जिगौढी, दूधा, टंडवा, कालीनगर, भैंसाही, उचवा लालपुर, सानो बिक्री, ठूलो बिक्री लगायतका टोलहरूमा जनसम्पर्क अभियान सञ्चालन गरिएको थियो ।

    जनसम्पर्क अभियानमा जनमत पार्टीका केन्द्रीय सदस्य अनवर खान र मुस्लिम जनमत संघका केन्द्रीय सदस्य आलिम मन्सुरीको सक्रिय सहभागिता रहेको थियो। स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाहरूको जानकारी गराइएको आयोजकहरूले जनाएका छन् ।

    स्थानीय बासिन्दाहरूको उल्लेखनीय उत्साह र समर्थनले अभियानलाई थप उत्साहजनक बनाएको सहभागीहरूले बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ