Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्रै संभव छ : डा.भट्टराई


ग्लोबल पाना
बुधबार, जेठ २१ २०८२
  • 849
    SHARES

  • images
    अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्रै संभव छ : डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अबको परिवर्तन पुराना शक्तिबाट नभै सहि विचार सहितको वैकल्पिक शक्तिबाट मात्रै संभव हुने बताएका छन् ।

    images
    images
    images

    पार्टीको सुदूरपश्चिम प्रदेशले कंचनपुरमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशको भावसम्प्रेषण तथा दोस्रो भेला’लाई सम्बोधन गर्दै डा.भट्टराईले यस्तो बताएका हुन् । पुर्व प्रधानमन्त्री भट्टराईले अहिलेको समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्दै देशमा भएको राजनीतिक परिवर्तनहरू अझै संस्थागत हुन नसकेको बताए।

    ’नेपालमा आजसम्म भएका परिवर्तनहरू पुर्ण छैनन् । जनताको व्यवहारमा लागू हुन सकेको पनि छैन। संघीयता, गणतन्त्र र समावेशिताको आन्दोलनले ढोका त खोलेको छ, तर ती सबै जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने हैसियतमा पुग्न सकेका छैनन्’ उनले भने, ‘त्यसैले अबको परिवर्तन पुराना शक्तिबाट होइन वैकल्पिक शक्तिबाट मात्र सम्भव छ।’

    डा.भट्टराईले नेसपा (नयाँ शक्ति) पार्टीले उठाउने मुद्दाहरू जनमुखी र वैचारिक रूपमा स्पष्ट भएको बताउँदै समावेशी र न्यायपूर्ण विकासको पक्षमा आफ्नो दृढ अडान रहेको प्रष्ट पारे।’हामी पदको लागि होइन, नीति र मूल्यका लागि राजनीतिमा आएका हौं। समाजवाद, सुशासन, समावेशिता र संघीयताको सही कार्यान्वयनबाट मात्र देशले समृद्धि पाउन सक्छ। अबको अभियान मुलुकको आधारभूत पुनसंरचनाका लागि हुनेछ’ उनले भने ।

    सुदूरपश्चिम प्रदेशको विशेषताबारे चर्चा गर्दै डा. भट्टराईले यस क्षेत्रलाई विकासको अग्रपंक्तिमा ल्याउनको लागि आफू र आफ्नो पार्टी पूर्णतः प्रतिबद्ध रहेकोमा जोड दिए। उनले भने-‘सुदूरपश्चिम भूगोलको हिसाबले मात्रै होइन, सामाजिक, सांस्कृतिक, आर्थिक दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण प्रदेश हो ।

    तर यो प्रदेश अझै पनि संघीय शासनको लाभबाट पछि पारिएको छ। हामी यहीँबाट अभियान सुरु गरेर संघीयता र समावेशिता मको मर्म व्यवहारमा ल्याउनेछौं।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ