गुलरिया, बर्दिया । मिति २०८२ जेष्ठ २१ गते, जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहल तथा सहयोगमा गुलरिया नगरपालिका–८ अन्तर्गत गंगानगर क्षेत्रका विभिन्न टोलहरूमा व्यापक जनसम्पर्क, भेटघाट तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत कोठिया (फुलवारी टोल, राधाकृष्ण टोल, शान्ति टोल), सुरजपुर, कालिका टोल, टेपरा, आशापुर, शिवशक्ति टोल, विष्णु टोल, रामजीवन टोल, नरायण टोल, रहमान टोल, दुर्गा टोल, मुक्तिनगर तथा थपुवा (मानव टोल, भगत टोल, पर्वत टोल) लगायतका बस्तीहरूमा घरदैलो कार्यक्रम तथा संवाद गरिएको जनमत पार्टीले जानकारी दिएको छ ।
उक्त जनसम्पर्क अभियानमा पार्टीका केन्द्रीय सदस्य अनवर खान तथा मुस्लिम जनमत संघका केन्द्रीय सदस्य आलिम मन्सुरीको सक्रिय सहभागिता रहेको थियो । स्थानिय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै जनमत पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराइयो ।
स्थानीयस्तरमा पार्टीप्रति बढ्दो चासो र समर्थनप्रति नेताहरूले आभार व्यक्त गर्दै जनताको विश्वासलाई अझ संस्थागत र नीतिगत दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


