Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनताको घरदैलोमा जनमत यूवा संघ बर्दिया: उपाध्यक्ष अब्दुल खानको निर्देशनमा प्रचार अभियान तीव्र


ग्लोबल पाना
आइतबार, जेठ २५ २०८२
  • 1,119
    SHARES

  • images
    जनताको घरदैलोमा जनमत यूवा संघ बर्दिया: उपाध्यक्ष अब्दुल खानको निर्देशनमा प्रचार अभियान तीव्र

    बर्दिया, गुलरिया । जनताको समस्या बुझ्दै, जनताको घरदैलोमा पुग्ने अभियानमा जनमत पार्टीले बर्दियामा सक्रियता बढाएको छ । पार्टीका उपाध्यक्ष तथा संघीय सांसद माननीय अब्दुल खानको निर्देशनमा जनमत यूवा संघ बर्दियाले गुलरिया नगरपालिका वडा नं. १, २, ३ र ४ मा व्यापक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरेको छ ।

    images
    images
    images

    यूवा संघका जिल्ला अध्यक्ष मनोज कुमार चौहान, यूवा नेता संजय यादव लगायतको टोलीले घर–घर पुगेर जनताको समस्या सुन्ने र पार्टीको नीति तथा कार्यक्रम बारे जानकारी दिने काम गरिरहेको छ ।

    जनताबीच लोकप्रियता कमाउँदै आएका सांसद अब्दुल खान बर्दियाका लागि मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चर्चित व्यक्तित्व हुन । पूर्व भौतिक पूर्वाधार मन्त्रीको रूपमा समेत सेवा गरिसकेका खानको सक्रियता सडकदेखि सदनसम्म देखिएको छ ।

    बर्दियाको विकासका लागि उनले सदनमा निरन्तर आवाज उठाउँदै आएका छन् । खानले अघिल्लो चुनावमा २५ सय भोट प्राप्त गरेका थिए, जसका आधारमा करोडौंको योजना बर्दियामा भित्रिएको हो । “यदि आगामी चुनावमा २५ हजार मत प्राप्त भएमा बर्दियाको कायापलट निश्चित छ,” भन्ने जनविश्वास समेत विस्तार हुँदै गएको छ ।

    गरिब, निमुखा, किसान र व्यवसायी सबैको पक्षमा लडिरहने नेता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत समर्थन प्राप्त गरेका छन् । खानले बर्दियाको अनुहार बदल्ने दृढ संकल्प गरेका छन् ।

    "सबका साथ, सबका विकास — हाम्रो बर्दिया, समृद्ध बर्दिया!"  भन्ने नारा जनमत पार्टीको यो अभियानले बर्दियामा नयाँ उत्साह सिर्जना गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ