Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेसपा(नयाँशक्ति) ले जेठ ३० गते विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै


ग्लोबल पाना
सोमबार, जेठ २६ २०८२
  • 407
    SHARES

  • images
    नेसपा(नयाँशक्ति) ले जेठ ३० गते विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै

    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आगामी जेठ ३० गते आफ्नो १०औं स्थापना दिवस राष्ट्रियसभा गृहमा विशेष समारोह गरी मनाउने भएको छ। पार्टीका नेताहरूका अनुसार कार्यक्रमको तयारी तीव्र भइरहेको छ ।

    images
    images
    images

    स्थापना दिवस समारोहलाई भव्य बनाउन विशेष अतिथिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ। कार्यक्रममा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरू   विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने जनाइएको छ। त्यस्तै, नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा नयाँ शक्तिले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई नेतृत्वको यो पार्टीले जनतामा भरोसा जगाउने नयाँ राजनीतिक संस्कृतिको पक्षपोषण गर्दै आएको दाबी गर्दै आएको छ । पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा छलफल हुनेछन् ।

    पार्टीका एक नेताले भने, ‘हामीले यसपटक स्थापना दिवसलाई केवल औपचारिकता नभई विचार र रणनीतिक संवादको थलो बनाउने प्रयास गरेका छौं ।’ कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ