बर्दिया, २०८२ जेठ २६ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहल तथा सक्रिय सहयोगमा गुलरिया नगरपालिका वडा नं. ५ अन्तर्गत बालापुर, शान्तिटोल, सम्झनाटोल, बबईटोल, ठुलाटोल, हरियालीटोल र वडा नं. ४ स्थित गणेशटोल लगायतका विभिन्न बस्तीतर्फ आज व्यापक जनसम्पर्क अभियान सञ्चालन गरिएको छ।
उक्त अभियानमा जनमत पार्टीका केन्द्रीय सदस्य अनवर खान तथा बर्दियाका वरिष्ठ नेता तथा पार्टीका सक्रिय अभियन्ता हरेकृष्ण पाठकको नेतृत्वमा स्थानीय बासिन्दाहरूसँग घरदैलो, भेटघाट, संवाद तथा पार्टीका नीति र कार्यक्रमबारे प्रचारप्रसार गरिएको थियो।
नेताहरूले जनताको भावना बुझ्ने प्रयास गर्दै जनमत पार्टीले प्रतिनिधित्व गर्ने वैकल्पिक राजनीतिक धारा र डा. सीके राउतको नेतृत्वमा अगाडि बढिरहेको परिवर्तनको यात्राबारे जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा सहभागी स्थानीय नागरिकहरूले नेताहरूको पहलको स्वागत गर्दै सामाजिक न्याय, सुशासन र विकासप्रति पार्टीको प्रतिबद्धतामा विश्वास व्यक्त गरेका थिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


