Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एकता, मेलमिलाप र जवाफदेही नेतृत्वले काँग्रेसलाई सबल बनाउँछ : नेता सत्तार


ग्लोबल पाना
बुधबार, जेठ २८ २०८२
  • 492
    SHARES

  • images
    एकता, मेलमिलाप र जवाफदेही नेतृत्वले काँग्रेसलाई सबल बनाउँछ : नेता सत्तार

    लम्जुङ, बेंसीसहर ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले मुलुकमा देखिएका जटिल राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने एकमात्र शक्ति काँग्रेस भएको दाबी गर्नु भएकाे छ । लम्जुङको बेंसीसहरमा आयोजित पार्टी कार्यकर्ता भेलामा सम्बोधन गर्दै सत्तारले पार्टीभित्रको एकता, मेलमिलाप र असल सम्बन्ध आवश्यक रहेको बताउनु भयाे ।

    images
    images
    images

    “नेपाली काँग्रेसभित्र एकता र मेलमिलापको खाँचो छ । पार्टीभित्रका समस्या समाधान गर्दै हामी एकढिक्का भएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयाे । उहाँले पार्टीलाई केन्द्रबाटै सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व जिम्मेवार, सक्षम र पार्टीलाई सही दिशामा लैजान सक्ने व्यक्तिलाई दिनुपर्नेमा जोड दिनु भयाे । काँग्रेस मात्रै विकल्प हो “मुलुकमा जुनसुकै जटिल परिस्थिति आए पनि त्यसको राजनीतिक उपचार दिन सक्ने शक्ति नेपाली काँग्रेस हो,” सत्तारले स्पष्ट पार्नुभयाे ।

    उहाँले काँग्रेसको मूल विचार लोकतन्त्र भएको उल्लेख गर्दै नेताकार्यकर्ताहरूले आन्तरिक र बाह्य व्यवहारमा लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुपर्ने आग्रह पनि गर्नुभयाे । भ्रष्टाचारको जिम्मेवारी काँग्रेसले लिएको स्वीकारोक्ति भ्रष्टाचारसम्बन्धी विषयमा धारणा राख्दै सत्तारले भन्नुभयाे, “काँग्रेसका नेताहरूले भ्रष्टाचार गरेका छन् कि छैनन् मलाई थाहा छैन । तर, मुलुकमा भएको भ्रष्टाचारको जिम्मा काँग्रेसले लिनुपरेको छ।” उहाँले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आगामी महाधिवेशन र निर्वाचनमा पार्टी अघि बढ्नुपर्ने बताउनु भयाे ।

    सत्तारले संगठन सुदृढीकरण, युवा तथा महिलाको सक्रिय सहभागिता, भ्रष्टाचारविरुद्धको स्पष्ट सन्देश र जनतासँगको बलियो सम्बन्ध निर्माण गर्न विशेष जोड दिनुभयाे । काँग्रेसले फेरि जनताको विश्वास जित्न, सुधारको नेतृत्व लिन र नकारात्मक धारणा तोड्न साहसी एजेन्डासहित अघि बढ्नुपर्ने बताउनु भयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ