बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहल तथा सहकार्यमा गुलरिया नगरपालिका वडा नं. ५ र वडा नं. ६ का विभिन्न गाउँ तथा टोलहरूमा आज व्यापक जनसम्पर्क, भेटघाट, छलफल तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत सुहेलवा, सागरटोल, सुहेलवाचोक, शान्तिटोल, लालीगुराँस टोल, त्रिवेणी टोल, बुद्धनगर शिवटोल, घरवारी टोल, मिलन टोल, बालमन्दिर क्षेत्र र वडा नं. ६ अन्तर्गतको मुख्य बजार, अदालत छेउ, भन्सार रोड, नगरपालिका रोड, मतंगाचोक, जिल्ला प्रशासन रोड (चोक) लगायतका स्थानहरूमा सक्रिय जनसंपर्क गरियो।
उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य अनवर खान तथा पार्टीका वरिष्ठ तथा सक्रिय नेता हरेकृष्ण पाठकको प्रमुख सहभागिता रहेको थियो। स्थानियबासीसँग प्रत्यक्ष संवाद गर्दै नेताहरूले पार्टीको नीति, विचार, तथा आगामी कार्यक्रमहरूको जानकारी गराएका थिए।
पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसमस्या बुझ्ने तथा जनताको मत र भावना पार्टीसम्म पुर्याउने उद्देश्यसहित गरिएको उक्त अभियानलाई स्थानीयहरूले उत्साहपूर्वक स्वागत गरेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


