काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा आफुलाई कम्युनिष्ट भन्नेले कम्युनिष्ट ब्राण्ड प्रयोग गरेर जनताको भावनात्मक दोहन गरिरहेको बताएका छन् । शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भट्राईले कम्युनिष्ट पार्टीको नेतृत्वमा बस्ने नेताले कम्युनिष्टका नाममा ठगी धन्दा चलाएको आरोप समेत लगाउनु भयो ।
उहाँले माओबादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दैे, ‘शहिद भए, बेपत्ता भए, बलिदान भए भन्ने नाममा अहिले सत्ता रस खाइरहेको आरोप लगाउनु भयो ।, उहँले जनयुद्धको ब्याज कसले खाइरहेको छ भन्दा माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले खाइरहेका छन् । तीनले हिजोको जनयुद्धमाथि न्याय गरेका छैनन् । शहिद बेपत्ता भएका मान्छेको रगत र बलिदानको उचित मूल्यांकन गरेका छैनन् भन्दै माओबादी नेतृत्वको आलोचना गर्नु भयो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भन्नु भयो ‘भएका उपलब्धी माथि टेकेर नेपाललाई अब समृद्धिकरणको दिशातिर लाने बेला हो भनेर नयाँ अभियान सुरु गरे तर संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ने हो की भन्ने जस्तो अवस्थामा आयो त्यो बचाउन पुराना शत्तिसंग सहकार्य गर्दा जनतामा भ्रम सृजना भएकोले अब उनीहरु संग सहकार्य नगरी बैकल्पिक र अग्रगामी शक्तिसंग मात्र सहकार्य गर्ने बताउनु भयो ।
गणतन्त्रमा टेकेर मात्र समाजवादतिर जान सकिन्छ भन्ने अर्थमा जुन गणतन्त्र ल्याइयो त्यसमा व्यक्तिगत रुपमा आफ्नो जोड रहेको पनि उहाँले बताउनु भयो । उहाँले ‘नेपालको सन्दर्भमा हिमाल, पहाड र तराई सबैलाई जोड्ने उद्देश्यसाथ मधेसी शक्तिसँग एकता गरेको पनि बताउनु भयो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कार्यक्रममा जनक शाहले पेस गरेको कार्यपत्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक क्रान्तिको जनअपेक्षा अनुरुप हुन नसक्नुमा पहिलो कारण राजनीतिक दल र नेतृत्वको तीव्र स्खलन, भ्रष्टीकरण र कुशासन, दोस्रो क्रान्तिकारी परिवर्तन पछि राज्यको नोकरशाही तन्त्र, सुरक्षा अंग, न्यायालय, संवैधानिक अङ्गहरूको समेत पुनर्संरचना हुन नसक्नु र तेस्रो संविधान निर्माणकै बेलादेखि बहस हुँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका, देशको विशिष्टता अनुरूपको सङ्घीयता, आदि हुन नसक्नु उल्लेख गरेकोमा सो धारणा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र आफुको समेत धारणा भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेका पार्टीहरू यथावत रहेसम्म देश नबदलिने बताएका छन् । उहाँले गणतन्त्र ल्याउन भूमिका खेलेका नेताहरू नै दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति दलालहरुको कब्जामा गएको बताउनु भयो । ‘गणतन्त्रका कार्यकारी पदमा बसेका दुई तीन नेताहरूको नालायकीले ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईँले प्रश्न उठाउने ठाउँ बनेको बताउदै जनता अलमलमा परेका भन्नु भयो । उहाँहरूले दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति फेरिँदैन । हामीले गणतन्त्र ल्यायौँ । तर नेताहरु राजा भएर दरबार पसे ।
यसैकारण सबैतिर अस्तव्यस्त भएको छ’, भन्दै भुसालले दलाल पुँजीवादलाई ध्वस्त नपारेसम्म बाबुराम भट्टराईले जतिसुकै समृद्धिको कुरा गरे पनि काम नलाग्ने दाबि गर्नु भयो । उहाँले राज्यका सबै निकाय दलालले किन्न सक्ने बताउनु भयो । उहाँले बाबुरामको बिचारबाट आफुले धेरै सिकेको बताउदै बाबुरामले माओबादी नछाडेको भए राम्रो हुने बताउदै अहिले बाबुरामले ल्याएको बिचार संग आफहरु धेरै नजिक भएकोले सहकार्य हुन सक्ने बताउनु भयो ।
सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार भएको बताउनु भएको छ । उहाँले माओवादीको ध्यान मन्त्री हुने, सांसद हुने र पद बाँडफाँडमा केन्द्रित भएका र यस्तो राजनीतिक चक्रले जनता दिक्क भइसकेको बताउदै, अहिलेको नेतृत्वसँग कोही पनि आशावादी नरहेको बताउनु भयो ।
महासचिव विप्लवले जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको पनि बताउनु भयो । विप्लवले भन्नु भयो, “आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो। यो कुरा गम्भीरतापूर्वक मनन गर्नुपर्छ। माओवादी भनेपछि प्रचण्ड र बाबुरामको मात्र होइन, हामी सबैको कुरा हौ ।
समाजवादी सङ्घीयता आजको आवश्यकता भएको जिकिर गर्नु भयो । उहाँले बिकल्पबारे बाबुराम भट्टराईसंग छलफल भईरहेको बताउनु भयो । विवेकशील साझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले जनताले भाषण भन्दा ब्यवहारमा बैकल्पिक शक्ति चाहेको बताउदै बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)संग सहकार्य हुन सक्ने बताउनु भयो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का डा गंगा चौधरी, पहिचानबादी मोर्चाका खगेन्द्र माखिमले थारु, जनजाती, मधेशी सहित जबै आदीबासी जनजातीलाई अधिकार दिन नसक्ने पार्टी बैकल्पिक हुन नसक्ने बताउदै जसले थारु, जनजाती, मधेशी सहित जबै आदीबासी जनजातीलाई अधिकार दिन्छ त्यही बैकल्पिक हुने बताउनु भयो ।कार्यक्रममा हाम्रो नेपाल पार्टीका शैलेन्द्रमा बज्रचार्यले भष्टचार रोक्न लाग्नु पर्नेमा जोड दिनु भयो ।
२०७३ जेठ ३० गते दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा भएको थियो। त्यही दिनलाई स्थापना दिवस मानेर नेसपा(नयाँ शक्ति) पार्टीले विविध कार्यक्रम सहित वैकल्पिक शक्तिको आवश्यकता, नयाँ बिचार र रणनीतिक बिषयमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग छलफल गरेको हो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


