Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

उपाध्यक्ष अब्दुल खानको पहलमा बर्दियामा जनमत पार्टीको सक्रिय जनसम्पर्क


ग्लोबल पाना
बुधबार, असार ११ २०८२
  • 711
    SHARES

  • images
    उपाध्यक्ष अब्दुल खानको पहलमा बर्दियामा जनमत पार्टीको सक्रिय जनसम्पर्क

    बर्दिया ।  जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानको विशेष पहल तथा सहकार्यमा बारबर्दिया नगरपालिका–५ अन्तर्गतका बनघुस्री, बर्दियागाउँ, सदाशिव, मगरागाडी, तर्कापुर, जब्दहवा लगायतका गाउँ–टोलहरूमा आज व्यापक जनसम्पर्क, भेटघाट तथा प्रचारप्रसार कार्यक्रम गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अनवर खान र केन्द्रीय कार्यकारिणी सदस्य तथा सक्रिय नेता हरपाल सिंह सोडीको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले स्थानीय जनतासँग संवाद गर्दै पार्टीका नीतिगत एजेन्डाहरूबारे जानकारी गराए तथा वर्तमान राजनीतिक परिस्थितिमा जनमत पार्टीको भूमिका र योजनाबारे स्पष्ट पारेका थिए ।

    स्थानीय स्तरमा पार्टीको सुदृढ उपस्थिति स्थापित गर्न र आगामी गतिविधिका लागि जनचेतना अभिवृद्धि गर्न गरिएको यो अभियानले सकारात्मक प्रतिक्रिया पाएको जनाइएको छ। जनसम्पर्कका क्रममा स्थानीय बासिन्दाहरूले आफ्नो समस्या र सुझावहरू समेत राखेका थिए, जसलाई पार्टीका नेताहरूले गम्भीरतापूर्वक लिएका छन् ।

    जनमत पार्टीले देशभरि नै यस्ता अभियानलाई तिब्रता दिने योजना बनाएको जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ