Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचार : एमाले महासचिव पोख्रेल


ग्लोबल पाना
आइतबार, असार १५ २०८२
  • 408
    SHARES

  • images
    नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचार : एमाले महासचिव पोख्रेल

    १४ असार, पोखरा । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनुभएको छ ।

    images
    images
    images

    महासचिव पोख्रेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् झन् प्रबल र महत्वपूर्ण हुँदै गएको उल्लेख गर्नुभयो। जबजका स्थापित मान्यताका आधारमा मात्र देश निर्माणको जग बलियो हुने उहाँको धारणा थियो ।

    महासचिव पोख्रेलले उक्त भनाइ जननेता मदन भण्डारीको ७४औँ जन्मोत्सवको अवसरमा एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो। उहाँले जनताको बहुदलीय जनवादले आत्मसात गरेका मान्यताहरू नेपाली कम्युनिस्ट आन्दोलनका कोशेढुंगा भएको र सर्वस्वीकृत मान्यता बनिसकेको बताउनुभयो।

    नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचारका रूपमा जबज स्थापित भएको र विचार निर्माणमा यसले महत्वपूर्ण जग निर्माण गरेको उहाँको भनाइ थियो। कार्यक्रममा प्राध्यापक डा. यदुनन्दन ढकाल, कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य मञ्जु गुरुङ, प्रतिनिधि सभा सदस्य दामोदर वैरागी, एमाले प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, कास्की अध्यक्ष वैन बहादुर क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठीमा पार्टीको मुखपत्र ‘अभियान’ को विमोचन पनि गरिएको सचिव सुशील बस्नेतले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ