Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मदन भण्डारी फाउन्डेसन कास्कीले  असार २१ मा बृहत  जनवादी सांस्कृतिक कार्यक्रम गर्ने 


ग्लोबल पाना
मंगलबार, असार १७ २०८२
  • 422
    SHARES

  • images
    मदन भण्डारी फाउन्डेसन कास्कीले  असार २१ मा बृहत  जनवादी सांस्कृतिक कार्यक्रम गर्ने 

    १५ असार, पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा असार २१ गते बृहत् जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।

    images
    images
    images

    फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाका अनुसार कार्यक्रम पोखरा सभागृहमा दिउँसो २ बजे सुरु हुनेछ। कार्यक्रममा ख्यातिप्राप्त जनवादी कलाकार जीवन शर्मा, पूर्णकला बि.सी. लगायतका कलाकारहरूको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन्।

    जननेता मदन भण्डारीको स्मृतिमा स्थापित फाउन्डेसनले उहाँको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउँदै युवा पुस्तालाई जानकारी दिन विचार गोष्ठी, स्मारिका प्रकाशन लगायत समाज विकासका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ।

    अध्यक्ष बास्तोलाले प्रबेश निशुल्क रहने  सो कार्यक्रममा  सहभागिता जनाउन सबैमा आग्रह गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ