Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस नेता सत्तारको प्रश्न : नेतालाई उन्मुक्ति, कार्यकर्तालाईमात्र कारबाही गर्ने अनुशासन समिति किन ?


ग्लोबल पाना
शुक्रबार, असार २० २०८२
  • 1,160
    SHARES

  • images
    कांग्रेस नेता सत्तारको प्रश्न : नेतालाई उन्मुक्ति, कार्यकर्तालाईमात्र कारबाही गर्ने अनुशासन समिति किन ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारले पार्टीभित्र अनुशासनको दोहोरो मापदण्डप्रति गम्भीर प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनले अनुशासन विभाग नेताहरूको अनुशासनमा चुप रहने तर कार्यकर्तामाथि मात्र कडा देखिने अवस्था आपत्तिजनक भएको बताए ।

    images
    images
    images

    सत्तारले भने, “नेता र पदाधिकारीहरूले एकअर्कामाथि आरोप लगाइरहेका छन्, तर अनुशासन समितिले किन तिनीहरूलाई केही नगर्ने ? केन्द्रीय सदस्य र पदाधिकारी अनुशासनको दायरामा नपर्ने हो भने अनुशासन आयोगको के काम?” उनले सरकारमा गएका मन्त्रीहरूले पार्टीका नेतासँग समन्वय नगरेको भन्दै गुनासो गरे ।

    सत्तारले गुनासो गर्दै भने, “जनताको समस्या लिएर जाँदा मन्त्रीहरूले फोन उठाउँदैनन्, भेट्न पनि तयार हुँदैनन् । उनीहरू आखिर कसका लागि काम गरिरहेका छन् ?” उनले बजेट निर्माण प्रक्रियामा कांग्रेसको बेवास्ता भएको आरोप लगाउँदै योजनाको छनोट र समावेशीकरणबारे स्पष्ट जवाफ माग गरे ।

    सत्तारले तरुण दल लमजुङको अधिवेशनको उदाहरण दिँदै त्यसले इजरायल र इरानजस्तो स्थिति झल्काएको टिप्पणी गरे । उनले भने, “यस्तो अवस्था किन आयो, यसको गम्भीर समीक्षा हुनुपर्छ ।” साथै, तोकिएको समयमा अधिवेशन गर्न नसक्ने भातृ संगठनको तदर्थ समिति भंग गरेर निर्देशन समितिलाई जिम्मा दिनुपर्ने सुझाव पनि उनले दिए ।

    सत्तारले पार्टीभित्र क्रियाशील सदस्यहरूलाई नै निष्क्रिय बनाउने प्रवृत्तिको आलोचना गरे । उनले प्रवासमा रहेका समिति र कार्यकर्ताहरूले पार्टीलाई कसरी मूल्यांकन गरेका छन् भन्नेबारे छुट्टै समीक्षा गर्नुपर्ने धारणा राखे ।

    #Abdulsatar 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ