Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनसम्पर्क अभियानमा सांसद खानको विशेष नेतृत्व, गुलरिया–४ का बासिन्दासँग प्रत्यक्ष भेटघाट


ग्लोबल पाना
शनिबार, असार २८ २०८२
  • 658
    SHARES

  • images
    जनसम्पर्क अभियानमा सांसद खानको विशेष नेतृत्व, गुलरिया–४ का बासिन्दासँग प्रत्यक्ष भेटघाट

    बर्दिया, असार २८ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानज्यूको विशेष पहल र समन्वयमा गुलरिया नगरपालिका वडा नं. ४ का विभिन्न गाउँ/टोलहरूमा आज जनमत पार्टीको "जनसम्पर्क अभियान" भव्य रूपमा सम्पन्न भएको छ ।

    images
    images
    images

    तुलापुरचोक, तुलापुरटोल, शिवशक्तिटोल, तुलसीपुर, बिलैली, कैलाशनगर, नयाँबस्ती, बेचईपुर, बगही, जागरणटोल, वारसीटोल, कोटहीटोल लगायतका स्थानहरूमा व्यापक जनसम्पर्क, घरदैलो भेटघाट, संवाद तथा पार्टीको विचार, नीति र कार्यक्रमबारे प्रचारप्रसार गरिएको थियो । अभियानमा पार्टीका केन्द्रीय सदस्य अनवर खान तथा केन्द्रीय कार्यकारिणी सदस्य एवं सक्रिय नेता हरपाल सिंह सोडीले नेतृत्व गर्नुभयो ।

    साथै अभियानमा जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश यादव, जिल्ला प्रवक्ता राम दुलारे सोनकर, युवा जनमत संघका जिल्ला अध्यक्ष मनोज चौहान, गुलरिया नगर संयोजक मनोज गोडिया लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताप्रति आयोजक टोलीले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ