बर्दिया । जनमत पार्टीले आज गुलरिया नगरपालिकाका विभिन्न वडाहरूमा "जनसम्पर्क अभियान" अन्तर्गत व्यापक जनसम्पर्क, भेटघाट तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहलमा सम्पन्न भएको हो । गुलरिया–९ अन्तर्गतको गोडियन पूर्वा, टेपरी, नयाँ बस्ती, माछापुच्छ्रे, खालेपूर्वा, डब्बा, पण्डा पूर्वा र वडा नं. १० अन्तर्गत बाजी पर्सिया, थारू पर्सिया, पयाकपुर, जयराम पूर्वा, झगरू पूर्वा, चमनटोल, शिवशंकर टोल, गायत्री र कालाबंजर गाउँ लगायतका क्षेत्रहरूमा अभियान सञ्चालन गरिएको जनाइएको छ ।
अभियानमा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हरपाल सिंह सोंढी, केन्द्रीय सदस्य अनवर खान र लुम्बिनी प्रदेश सदस्य विष्णु कुमार तमोलीको नेतृत्वमा पार्टी विचार, एजेन्डा र नीति जनतामाझ प्रस्तुत गरिएको थियो । स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरी जनताका समस्या, अपेक्षा र सुझाव सुन्ने प्रयास समेत गरिएको थियो ।
कार्यक्रममा साथ र सहयोग गर्ने जिल्ला अध्यक्ष राजेश यादव, उपाध्यक्ष सुनिल यादव, प्रवक्ता राम दुलारे सोनकर, युवा जनमत संघ बर्दियाका अध्यक्ष मनोज चौहान, नगर संयोजक मनोज गोडिया, किसान जनमत संघ बर्दियाका अध्यक्ष बच्छराम लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पार्टीले विशेष धन्यवाद दिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


