बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खाँनको विशेष पहलमा आज गुलरिया नगरपालिका वडा नं. ११ र १२ अन्तर्गतका विभिन्न गाउँटोलहरूमा पार्टीको "जनसम्पर्क अभियान" प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।
गोरख चौरा, जोशीपुर, गणेशपुर चोक, गणेशपुर गाउँ, कटी, सडक लालपुर, डाँडा लालपुर, कान्तिपुर र सुर्जी गौढी, दुधा, भैसाही, बिकडी, कालीनगरलगायतका स्थानमा व्यापक जनसम्पर्क, भेटघाट, छलफल तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको हो ।
अभियानमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा सक्रिय नेता हरपाल सिंह सोडी र केन्द्रीय सदस्य अनवर खानको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्दै जनमत पार्टीको विचार, एजेन्डा र कार्यक्रमहरू साझा गरियो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष राजेश यादव, उपाध्यक्ष सुनिल यादव, प्रवक्ता राम दुलारे सोनकर, युवा जनमत संघ बर्दियाका अध्यक्ष मनोज चौहान, नगर संयोजक मनोज गोडिया तथा किसान जनमत संघका अध्यक्ष बच्छरामको पनि उल्लेखनीय साथ तथा समर्थन रहेको थियो ।
कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


