काठमाडौं । डिजिटल रेमिट्यान्स सेवा प्रदायक इसेवा मनि ट्रान्सफर र जापानस्थित यहेइ रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेइ रेमिटका प्रबन्ध निर्देशक नविन निउरेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीले यहेइ रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् । पठाइएको रकम iseva मनि ट्रान्सफरका भुक्तानी केन्द्रहरूबाट प्राप्त गर्न सकिनेछ। सम्झौतापछि प्रतिक्रिया दिँदै इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, "यो सहकार्यले हामी अत्यन्त उत्साहित छौं ।
यसले जापानबाट रेमिट्यान्स पठाउन अझै सहज, सुरक्षित र भरपर्दो बनाउने हाम्रो विश्वास छ ।" ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत देशभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । जापानको यहेइ रेमिट त्यहाँको एक अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


