Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बर्दियामा जनमत पार्टीको जनसम्पर्क अभियान: राष्ट्रिय उपाध्यक्ष खानको अगुवाइमा व्यापक जनसंवाद


ग्लोबल पाना
बिहीबार , साउन ८ २०८२
  • 796
    SHARES

  • images
    बर्दियामा जनमत पार्टीको जनसम्पर्क अभियान: राष्ट्रिय उपाध्यक्ष खानको अगुवाइमा व्यापक जनसंवाद

    बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानज्यूको विशेष पहलमा बारबर्दिया नगरपालिका वडा नं. ४ र ५ का विभिन्न गाउँटोलहरूमा "जनसम्पर्क अभियान" अन्तर्गत व्यापक जनसंपर्क, भेटघाट, छलफल तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    बैरिया, ज्वालागिरी, पदनहा, पदनहा चोक, घोरपिट्टा, रानीपुर, गुरूवागाउँ, बनघुस्री, बर्दियागाउँ, सदाशिवा, मगरागाडी, तर्कापुर, जब्दहवा लगायतका स्थानहरूमा आयोजित अभियानमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा सक्रिय नेता हरपाल सिंह सोडी र केन्द्रीय सदस्य अनवर खानसहितको टोलीले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको विचार, उद्देश्य र कार्यक्रमहरूबारे जानकारी दिएका थिए ।

    अभियानमा पार्टीका जिल्ला अध्यक्ष राजेश यादव, उपाध्यक्ष सुनिल यादव, जिल्ला प्रवक्ता राम दुलारे सोनकर, युवा जनमत संघ बर्दियाका अध्यक्ष मनोज चौहान, गु.न.पा. नगर संयोजक मनोज गोडिया, किसान जनमत संघ बर्दियाका अध्यक्ष बच्छराम तथा जनमत पार्टी बर्दियाका वरिष्ठ नेता हरेकृष्ण पाठक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

    स्थानीयस्तरमा पार्टीको सशक्त उपस्थिति जनाउन र संगठन विस्तारमा टेवा पुर्‍याउन गरिएको उक्त जनसम्पर्क अभियानप्रति सहभागी नेता तथा कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ