Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापन, नेसपाको गण्डकीभर प्रदर्शन


ग्लोबल पाना
आइतबार, साउन ११ २०८२
  • 631
    SHARES

  • images
    प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापन, नेसपाको गण्डकीभर प्रदर्शन

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा धर्ना कार्यक्रम सम्पन्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापनपत्र पठाएको छ। पार्टीको ११ वटै जिल्ला समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमार्फत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको हो ।

    images
    images
    images

    ज्ञापनपत्रमा देशको समसामयिक राजनीतिक, प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याइएको छ । पुराना राजनीतिक दलहरू हिजोकै सोच, शैली र पूर्वाग्रहमा अड्किएको बताइएको छ। बदलिँदो युगमा पुराना चेतनाले देशको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै वैकल्पिक सोच र कार्यशैली आवश्यक रहेको जनाइएको छ ।

    पार्टीले लोकतन्त्र सिमित र औपचारिक मात्र बनेको, दलतन्त्र र नेतातन्त्र संस्थागत हुँदै गएको तथा सिन्डिकेट प्रणाली हावी भएको आरोप लगाएको छ । साथै देशभर व्यापक रूपमा फैलिएको भ्रष्टाचार, बेरोजगारीका कारण लाखौं युवा विदेशिनु परेको, नागरिकहरू निरीह र आजित हुँदै गएका अवस्थाले राजनीतिक पुनर्संरचनाको आवश्यकता झनै बढेको पार्टीको निष्कर्ष छ ।

    पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, संसद्मा पूर्ण समानुपातिक प्रणाली, मन्त्री नियुक्तिमा विज्ञता र दक्षता, ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था लगायतका प्रस्ताव अघि सारेको छ । नयाँ शक्तिले संविधानको भाग-३ अन्तर्गतको मौलिक हकहरू (धारा १६-४८) लाई अविलम्ब र बिना सर्त कार्यान्वयन गर्न माग गरेको छ ।

    साथै, उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन, शक्तिशाली जनलोकपालको गठन, न्यायालयको पुनर्संरचना, संवैधानिक निकायहरूमा दलिय भागबन्डा अन्त्य र प्रविधि प्रयोगमार्फत जनमैत्री प्रशासन निर्माणको माग पनि उठाइएको छ । अर्थतन्त्रमा आत्मनिर्भरता ल्याउने, स्वरोजगार सिर्जना गर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नेलगायतका विषयमा समेत पार्टीले ध्यानाकर्षण गराएको छ ।

    ज्ञापनपत्रमा गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना छिटो निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालन, पोखरा बसपार्क निर्माण र मध्य पहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न आग्रह गरिएको छ । उक्त ज्ञापनपत्रमा अबको दशक विचार र एजेन्डा सहितको वैकल्पिक शक्तिको दशक बन्नुपर्ने जनाइएको छ । पार्टीले देशको अग्रगमन र सुशासनका लागि संविधान संशोधनसहितका संरचनागत सुधार आवश्यक रहेको जनाएको छ ।

    प्रजिअलाई ज्ञापनपत्र बुझाउनु अघि नेसपा नयाँ शक्तिले ११ वटै जिल्ला प्रशासन कार्यालय अगाडि स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समाजवादका पक्षमा तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ