Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव : उपमहासचिव गुरुङ


ग्लोबल पाना
आइतबार, साउन १८ २०८२
  • 394
    SHARES

  • images
    देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव : उपमहासचिव गुरुङ

    साउन १७, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो ।

    images
    images
    images

    महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा राख्नुभयो ।

    पार्टीका उपमहासचिव एवं सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकालको सीमालाई परिमार्जन आवश्यक देखिएकाले विधान संशोधन प्रस्ताव आएको उल्लेख गर्नुभयो । उपमहासचिव गुरुङले समृद्धि र विकास एमालेकै प्रभावशाली नेतृत्वमा सम्भव रहेको भन्दै, मुलुकको आवश्यकता अनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्‍याउन संशोधन प्रस्ताव आएको बताउनुभयो ।

    उहाँले नेतृत्व क्षमता र निरन्तर मिहिनेतका आधारमा नेतृत्व चयन हुने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै, मन्त्रालय योजनामाफिक जनताको चाहना अनुसार अगाडि बढिरहेको र परिणाम दिन प्रयत्नशील रहेको दाबी गर्नुभयो । एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले प्रभावशाली पार्टी केवल प्रभावशाली नेतृत्वबाटै सम्भव हुने भन्दै सबै नेता तथा कार्यकर्तालाई एकता कायम गर्दै जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी, स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहीनता हाबी हुन नहुने बताउँदै सबै कमिटी तथा सदस्यहरू पार्टीको नीति र निर्णयअनुसार दृढताका साथ लाग्नुपर्ने धारणा राख्नुभयो । गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बैठकमा प्रदेशमा भएका संगठनात्मक कार्य, आगामी रणनीति तथा अभियानबारे छलफल हुने जानकारी दिनुभयो ।

    सो अवसरमा गण्डकी प्रदेशबाट नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी राष्ट्रियसभा सदस्य तथा केन्द्रीय सदस्य भगवती न्यौपानेलाई बधाई ज्ञापनसहित सम्मान समेत गरिएको थियो । अध्यक्ष शर्माको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू जगत बहादुर विश्वकर्मा, टुकराज सिग्देल, मन कुमारी जि.सी., लिलाबहादुर थापा तथा केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, भीम कार्की, इन्द्रलाल सापकोटा, कृष्ण थापा, चुडामणि जंगली, बालसिंह काउछा मगर, सिता सुन्दास, प्रभा कोइराला लगायतका नेताहरू सहभागी थिए। त्यस्तै, प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मन्जु अधिकारी, उपसचिव दामबहादुर बिक लगायतका सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीति सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

    दुई दिनसम्म चल्ने बैठकले पार्टीको हालका गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यक्रमको योजनासमेत तय गर्ने प्रचार विभाग सचिव रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ