Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मातृभाषा साहित्य संरक्षण र प्रवर्द्धनमा २५औँ ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, साउन ३० २०८२
  • 656
    SHARES

  • images
    मातृभाषा साहित्य संरक्षण र प्रवर्द्धनमा २५औँ ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले शुक्रबार ‘मातृभाषा साहित्य संवाद श्रृंखला’को २५औं संस्करण अन्तर्गत ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । देवकोटा सभाकक्षमा आयोजित कार्यक्रममा मातृभाषा साहित्यको संरक्षण, संवर्द्धन र सृजनात्मक लेखन प्रवर्द्धनबारे गहन छलफल भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङको आतिथ्यमा कुलपति,  प्रतिष्ठानका पदाधिकारी, सरोकारवाला व्यक्तिहरू, पूर्व पदाधिकारी, मातृभाषा र साहित्यका विज्ञ, शोधकर्ताहरू, लेखक, पत्रकार तथा आमन्त्रित अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो ।

    कार्यक्रमको उद्घाटन कुलपति भुपाल राईले व्यानर पाठ गर्दै गर्नुभयो भने स्वागत मन्तव्य प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीले प्रस्तुत गर्नुभयो । सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले मातृभाषा साहित्य प्रवर्द्धनका दीर्घकालीन योजनाबारे मन्तव्य दिनु भयो र प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा सहजीकरण प्राज्ञ सभा तथा सञ्चार संयोजक चेतनाथ धमलाले कुशलतापूर्वक गर्नुभयो ।

    कार्यक्रमको साहित्यिक वातावरण कवि खारुमी राई (बान्तावा भाषा), नइन्द्र लोहारुङ (लोहारुङ भाषा) र विपिन शेरचन (थकाली भाषा) ले आफ्ना मातृभाषामा कविताहरू वाचन गरेर रंगिन बनाएका थिए ।

    यसै क्रममा थुलुङ भाषाको साहित्य विषयक कार्यपत्र जसिहब थुलुङले र चेपाङ भाषाको साहित्य विषयक कार्यपत्र नेपोेलियन चेपाङले प्रस्तुत गर्नुभयो । सहभागीहरूले मातृभाषा साहित्यको गुणस्तर वृद्धि, पुस्तक प्रकाशन, लेखक क्षमता अभिवृद्धि, नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि जगाउने उपाय र राज्यको नीतिगत सहयोग सुनिश्चित गर्नुपर्ने सुझावहरू दिएका थिए ।

    कुलपति भुपाल राईले भन्नुभयाे, “मातृभाषा हाम्रो पहिचानको मेरुदण्ड हो । यसलाई जोगाउन, संरक्षण गर्न र समृद्ध बनाउन लेखक, समाज र राज्य सबैको साझा प्रतिबद्धता आवश्यक छ ।” धमलाको कुशल नेतृत्वमा कार्यक्रम सुचारु, व्यवस्थित र आकर्षक ढंगले अगाडि बढ्यो, जसले सहभागीहरूको अनुभव अझ समृद्ध बनाएको थियो । 

    अन्ततः विभाग प्रमुख राजन मुकारुङले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गर्दै भन्नुभयाे, “सिर्जना, संवाद र विमर्श जस्ता कार्यक्रमले मातृभाषा साहित्यमा नयाँ ऊर्जा र दृष्टिकोण थप्ने विश्वास लिएको छौं ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ