Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संबिधान दिवसको अवसरमा नेपाली काँग्रेस बारा द्वारा विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असोज ३ २०८२
  • 357
    SHARES

  • images
    संबिधान दिवसको अवसरमा नेपाली काँग्रेस बारा द्वारा विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

    बारा । संबिधान दिवस को अवसरमा नेपाली काँग्रेस बाराले विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विचार गोष्ठी तथा बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सह महामन्त्री एवं पुर्व मन्त्री उमाकान्त चौधरीले सबैको साझा र सवैको उत्तरदायीत्व बोध हुने गरी संविधानको पालना गर्नुपर्ने बताएका छन । हाल नेपालमा भएका जेन जी भाई बहिनीहरुले गरेका आन्दोलनमा सहिद भएका प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार प्रति गहिरो सम्वेदना व्यक्त गरेका थिए ।

    images
    images
    images

    जेन जी भाई बहिनीहरुले गरेका आन्दोलनमा केही आरजक तत्वका व्यक्ति तथा केही अन्य राजनीतिक दलका समुहहरुले तोडफोड, आगजनी तथा लुटपाट जस्ता कार्यहरु गरेकाले नेपाली काँग्रेस संविधानको पालना गरी लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकोले त्यस्ता त्रियाकलाप गर्ने व्यक्तिलाई कानुनको दायरा भित्र ल्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दै लोकतान्त्रिक गणतन्त्रिक संविधानले हरेक नेपालीलाई हक अधिकार सुनिश्चित गरेको हुँदा यसलाई विरोधाभाष नगरी सबैले आफनो संविधान भएको महसुस गर्नुपर्ने नेता चौधरीले विचार गोष्ठीमा आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

    नेपाली काग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवको सभा अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका बारा जिल्ला कार्य समिति उपसभापति अमिरीलाल पाल, कोषाध्यक्ष बासदेव चौधरी, केन्द्रिय आमन्त्रित सदस्य नारायणी राय माझी, पुर्व क्षेत्रिय सभापित मुकेश कुश्वाहा, बारा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति सुनिल कुमार गुप्ता, पुर्व सभासद शोभा लामा, प्रदेश सभापति क्षेत्र नं. ४ (क) भट्टराई, क्षेत्र नं. ४ (ख) लोकेश सिंह, क्षेत्र नं. ३ (ख) हरिप्रवेश यादव, क्षेत्र नं. २ (ख) हरिलाल यादव, नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल लगायत कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ