Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकामा नेपाली वैज्ञानिकको नेतृत्वमा अल्जाइमरबारे महत्वपूर्ण अनुसन्धान


ग्लोबल पाना
शनिबार, असोज ११ २०८२
  • 700
    SHARES

  • images
    अमेरिकामा नेपाली वैज्ञानिकको नेतृत्वमा अल्जाइमरबारे महत्वपूर्ण अनुसन्धान

    ✍️राजन थापा

    images
    images
    images

    काठमाडौं । अमेरिकामा अल्जाइमर रोगबारे एक अत्यन्त महत्त्वपूर्ण अनुसन्धान सुरु भएको छ। यो रोगले मानिसको स्मरणशक्ति मात्र कमजोर बनाउँदैन, कतिपय बिरामीमा रिस, उदासी वा डरजस्ता मानसिक समस्या पनि देखिन्छन्। तर किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर अहिलेसम्म अज्ञात रहँदै आएको थियो ।

    यसै विषयमा अनुसन्धान गर्न अमेरिकाको मिजौरी राज्य, सेन्ट लुइसमा बसोबास गर्दै आएका नेपाली मूलका वैज्ञानिक डा. गणेश चन्दले ३२ लाख अमेरिकी डलरको अनुसन्धान अनुदान पाएका छन्। उनी वाशयू मेडिसिन अन्तर्गत म्यालिनक्रोट इन्स्टिच्युट अफ रेडियोलोजी (एमआइआर) का सहायक प्राध्यापक तथा स्नायु कृतिम बुद्धिमत्ता प्रयोगशालाका प्रमुख अन्वेषक हुन् ।

    डा. चन्द र उनकी टोलीले कृतिम बुद्धिमत्ता (एआइ) प्रयोग गरेर बिरामीहरूको दिमागको स्क्यान (एमआरआइ, एफएमआरआइ, पिइटी, इइजी), आनुवंशिक तथ्याङ्क र व्यवहारिक अध्ययनमार्फत अल्जाइमरले कसरी मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने बुझ्ने प्रयास गर्नेछन् । यो अनुसन्धान सफल भएमा चिकित्सकहरूले बिरामीको मानसिक लक्षणको कारण पहिचान गरेर व्यक्तिगत उपचार पद्धति (प्रिसिजन मेडिसिन) अझ प्रभावकारी बनाउन सक्नेछन् ।

    साथै बिरामीका परिवार र हेरचाह गर्नेहरूको जीवन पनि सजिलो हुनेछ। अमेरिकामा हाल अल्जाइमर मृत्युको सातौं प्रमुख कारण हो। यो उमेर पुगेका मानिसमा स्मृति हराउने (डिमेन्सिया) रोगको सबैभन्दा ठूलो कारण मानिन्छ। तर सबै बिरामीमा मानसिक समस्या देखिँदैन, जसले उपचार र हेरचाहलाई थप चुनौती बनाएको छ ।

    डा. चन्दले यसअघि पनि ईनेप्लिजसँगको एक अन्तर्वार्तामा आफ्नो अनुसन्धान यात्रा र मस्तिष्क स्वास्थ्यबारेको दृष्टिकोण सार्वजनिक गरिसकेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ