काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाले २०३३ सालमा प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति आजको राजनीतिक परिवेश र नेपाल राष्ट्रका लागि अत्यन्तै सान्दर्भिक देखिएको छ । सोही नीतिलाई आत्मसात गर्दै वर्तमान राजनीतिक संकटको समाधान निकाल्न सकिने विश्वास नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिह केसीले व्यक्त गर्नुभएको छ ।
नेता केसीले भन्नुभयो, “राष्ट्र रहेमात्र हाम्रो लोकतन्त्र रहन्छ, र त्यही लोकतान्त्रिक चौतारीमा सबै राजनीतिक दलहरू रहनेछन्। विभिन्न स्वार्थ समूहहरूको गोटी हुनबाट नेपाललाई जोगाउन राष्ट्रिय मेलमिलापको नीति अबलम्बन गर्नु जरुरी छ ।” उनले नेपालका युवा शक्ति, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, व्यापारी, पत्रकार, कर्मचारी, सेना, प्रहरी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई राष्ट्रिय मेलमिलापमा एकजुट हुन हार्दिक अनुरोध गर्नुभएको छ ।
यसै सन्दर्भमा, परिमार्जित नेपाली कांग्रेस निर्माणका निम्ति केसीले पार्टी नेतृत्वलाई निम्न चार बुँदामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छः
१. नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन मङ्सिर महिनामा तोक्ने र केन्द्रीय समितिको म्याद थप नगर्ने ।
२. १४ औं महाधिवेशनका क्रियाशील सदस्यहरू मध्ये मृत्यु भएका र अन्य पार्टीमा प्रवेश गरेका व्यक्तिहरूलाई हटाई बाँकी सदस्यहरूको नवीकरण गरी १५ औं महाधिवेशनका लागि मतदाता नामावली तयार गर्ने ।
३. समयको अभावमा वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी, निर्वाचित महाधिवेशन प्रतिनिधिमार्फत केन्द्रीय महाधिवेशन गर्ने ।
४. १५ औं महाधिवेशन गर्न अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मत निर्वाचन समिति गठन गर्ने, उक्त समितिले वडा देखि केन्द्रसम्म निस्पक्ष अधिवेशन गराउने तथा पार्टी सभापतिले सभापतिको पदबाट अलग भई अभिभावकीय भूमिकामा रहने ।
नेता केसीले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सबल बनाएर मात्र राष्ट्रिय मेलमिलाप र देशको राजनीतिक स्थिरता सम्भव हुने बताउनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


