Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नगर प्रमुख महर्जनद्वारा तारकेश्वर नगरपालिकामा दलित/अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण


ग्लोबल पाना
बिहीबार , असोज ३० २०८२
  • 611
    SHARES

  • images
    नगर प्रमुख महर्जनद्वारा तारकेश्वर नगरपालिकामा दलित/अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण

    काठमाडौं। तारकेश्वर नगरपालिका वडा नं. १, २ र ३ का दाउरामा खाना पकाउने दलित तथा अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण गरिएको छ।। आज नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख श्री कृष्ण हरि महर्जनले लाभग्राही परिवारलाई ईन्डक्सन चुलो हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्की, वातावरण शाखा प्रमुख जिवनाथ भण्डारी, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    वातावरणमैत्री पहलअन्तर्गत वातावरण शाखाको समन्वयमा वितरण गरिएको यो कार्यक्रममार्फत वडा नं. १ र ३ का ८/८ जना गरी १६ परिवारलाई १६ थान ईन्डक्सन चुलो वितरण गरिएको हो । वडा नं. १, २ र ३ बाट सूचना जारी गरी दाउरामा खाना पकाउने परिवारबाट आवेदन मागिएको थियो। प्राप्त मागमध्ये छनोट गरी ५० प्रतिशत अनुदानमा चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    यो कार्यक्रमले दाउरा प्रयोगबाट हुने वायुप्रदूषण कम गर्न र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ