Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तीन कवि, तीन भाषाका कविता वाचनसहित २७औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असोज ३१ २०८२
  • 1,533
    SHARES

  • images
    तीन कवि, तीन भाषाका कविता वाचनसहित २७औं मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले आयोजना गरेको २७औं मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने नारासहित प्रतिष्ठानको देवकोटा सभाहलमा आयोजित कार्यक्रममा मातृभाषा साहित्य सम्बन्धी सिर्जना, संवाद तथा विमर्शसँगै तीन कविले तीन फरक भाषामा कविता वाचन गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, साहित्यकार, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक चेतनाथ धमलाले गर्नु भएकाे थियाे ।

    कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञ परिषद्का सदस्य तथा विभिन्न मातृभाषा साहित्यका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा कविता वाचनतर्फ शान्ता नाछिरिङले नाछिरिङ भाषामा, सञ्चिता दुराले दुरा भाषामा र विनिता ताजपुरियाले ताजपुरिया भाषामा आफ्ना कविता वाचन गरेका थिए । मातृभाषाको विविधता र सौन्दर्य झल्किने कविताहरूले कार्यक्रमको वातावरण रौनक बनाएको थियो ।

    त्यस्तै, मातृभाषा साहित्यका विषयमा जितेन्द्रसिं दुनुवारले दुनुवार भाषामा र ऐलेन ठुलेले लाेहाेरुङ भाषामा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले मातृभाषा साहित्य श्रृङ्खला जस्ता कार्यक्रमहरूले भाषिक विविधताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै निरन्तरताको लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले मातृभाषा साहित्यलाई समकालीन सिर्जनासँग जोड्दै युवा पुस्तामा रुचि र सहभागिता बढाउनु जरुरी रहेको पनि जोड दिनुभयो ।

    कार्यक्रमको समापनमा सभाध्यक्ष तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्य श्रृङ्खलाले भाषिक र साहित्यिक क्षेत्रलाई सशक्त बनाउने थलोको रूपमा आफूलाई स्थापित गरिरहेको बताउनुभयो । उहाँले मातृभाषा साहित्य सिर्जना र विमर्शलाई निरन्तरता दिँदै यसलाई अझै प्रभावकारी र समावेशी बनाइने उल्लेख गर्नुभयो । साथै, मातृभाषा समुदायहरूबीच आपसी आदान–प्रदान र सहकार्य आवश्यक रहेको पनि औंल्याउनुभयो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानले हरेक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा मातृभाषा साहित्य श्रृङ्खला कार्यक्रम आयोजना गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ