Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

विदा पनि नभनि फिल्डमा खटिए टोखाका प्रशासकीय प्रमुख भट्टराई, नदि सरसफाइ अभियानको ७१औँ हप्ता सम्पन्न


ग्लोबल पाना
शनिबार, कात्तिक १ २०८२
  • 360
    SHARES

  • images
    विदा पनि नभनि फिल्डमा खटिए टोखाका प्रशासकीय प्रमुख भट्टराई, नदि सरसफाइ अभियानको ७१औँ हप्ता सम्पन्न

    काठमाडौं । वातावरण संरक्षण र सफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ निरन्तर सञ्चालन हुँदै आएको टोखा नगरपालिकाको नदि सरसफाइ अभियानको एकहत्तरौँ हप्ताको कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

    images
    images
    images

    बिहान ६:३० बजे सुरु गरिएको कार्यक्रम टोखा–३ हात्तिगौंडा पुलबाट करिब ५०० मिटर दक्षिणतर्फ नदी किनार र वरिपरिका क्षेत्र सफा गर्दै सम्पन्न भएको हो ।

    नगरपालिकाका प्रशासकीय प्रमुख कमल भट्टराई स्वयं नदिमा पसेर सरसफाइमा जुट्दा सहभागी सबैलाई उत्साहित बनाएका थिए । विदा पनि नभनि फिल्डमा आएर उनले नदी किनार र वरिपरिका क्षेत्रमा फोहर हटाउन सक्रिय भूमिका खेले । सरसफाइमा प्रत्यक्ष हात हाल्दै टोलीलाई नेतृत्व प्रदान गर्नु उनको प्रतिबद्धता र उदाहरणीय दृष्टिकोणको स्पष्ट प्रमाण हो ।

    भट्टराईको यस्तो नेतृत्वले मात्र नगर सफा भएको छैन, समुदायमा वातावरण संरक्षणप्रति जागरुकता र प्रेरणा पनि थपिएको छ । उनी आफ्नो काममा समर्पित र उदाहरणीय व्यवहार देखाउँदै नगरपालिका अभियानलाई सफल बनाउन सधैं अग्रसर रहदै आएका छन् ।

    कार्यक्रममा नगरपालिकाका अन्य कर्मचारीहरू पनि उत्साहपूर्वक सरसफाइमा खटिएका थिए । साथै, जनप्रतिनिधि, पत्रकार, नेपाल पुर्व प्रहरी संगठन, हातेमालो समूहका सदस्यहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। यद्यपि, यसपटक स्थानीय बासिन्दाको सहभागिता भने देखिएन ।

    टोखा नगरपालिकाले सञ्चालन गरेको यो नियमित सरसफाइ अभियान नगरलाई सफा राख्ने मात्र नभई समुदायमा वातावरण संरक्षणप्रति जागरुकता ल्याउने कार्यमा पनि प्रभावकारी साबित भइरहेको छ । आगामी दिनमा स्थानीय समुदायलाई अझ सक्रिय बनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउने योजना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ